रुपन्देहीमा भएको दुर्घटनामा दिदीभाइको ज्यान गयो

 भदौ १३, २०७९ सोमबार ८:३५:३५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा भएको दुर्घटनामा दिदीभाइको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ गोरकट्टाको भित्रि सडकमा हिजो बेलुका लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा लु १६ प ६१३० मा रहेकी तिलोत्तमा-३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उहाँका भाइ ७ वर्षीय सुग्रिव खरालको ज्यान गएको प्रहरीले  जनाएको छ ।  

दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया