पहिराेका कारण मध्यपहाडी लाेकमार्ग अन्तर्गत  पर्वत–बागलुङ खण्ड अवरुद्ध

 भदौ १६, २०७९ बिहिबार ११:५:३९ | सन्तोष थापा
unn.prixa.net

पर्वत – मंगलबारदेखि भएको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पटक पटक अवरुद्ध हुने गरेको छ । मंगलबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ खण्ड बुधबार दिउँसो मात्रै सञ्चालनमा आएको भए पनि बुधबार रातिदेखि पुन: अवरुद्ध बनेको हो ।

अविरल वर्षाका कारण सडक भन्दा झण्डै दुई सय मिटर माथिबाट पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्डमा पर्ने पर्वतको मोदी गाउँपालिका ५ भ्याप्लेमा सडक अवरुद्ध बनेको छ । सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु दुवै तर्फ अलपत्र परेका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक पन्छाउने कार्य समेत सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिनुभयो ।

वर्षा नरोकिएसम्म काम अघि बढाउन असम्भव भएको उहाँले बताउनुभयो । अहिले पनि वर्षा निरन्तर भइरहेको छ । सडक अवरुद्ध भएपछि काठमाण्डौ, नारायणगढ लगायतका स्थानबाट छुटेका रात्रीकालीन यातयातहरु पहिरोमा नै रोकिएका छन् भने यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन् । 

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका गाडी अम्बोट र पातीचौरमा रोकिएका छन् । विशेष गरी यी चार जिल्लाबाट पोखरा तथा अन्यत्रका अस्पतालका लागि रिफर भएका बिरामीहरु पनि अस्पतालमा पुग्न सकेका छैनन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया