पाँचथरमा पहिरो झरेपछि मेची राजमार्गको फिदिम–काबेली खण्ड ‍अवरुद्ध

 भदौ २८, २०७९ मंगलबार ८:५२:५१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – वर्षासँगै सडकमा पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–काबेली खण्ड अवरुद्ध भएको छ ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरमा गएराति करिब ३० मिटर माथिबाट ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट फिदिम हुँदै तराईसम्म पुग्ने र फिदिमसहित विभिन्न ठाउँबाट ताप्लेजुङका लागि छुटेका गाडी बाटोमै रोकिएका छन् ।

सडक सञ्चालनमा ल्याउन पहिरो पन्छाउने काम भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोले अन्य क्षति नगरे पनि सडक पूर्ण रुपले अवरुद्ध भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया