'ऐना झ्यालकाे पुतली' अस्कर अवार्डका लागि सिफारिस

 असोज ३, २०७९ सोमबार २०:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सन् २०२३ मा घोषणा हुने ९५ औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालबाट 'ऐना झ्यालको पुतली' सिफारिस भएको छ ।

एकेडेमी अफ् मोशन पिक्चर आटर्स एन्ड साइन्सेसले प्रदान गर्ने यो अवार्डका लागि नेपालबाट ऐना झ्यालको पुतली सिफारिस भएको हो । प्रतिस्पर्धामा रहेका चलचित्र 'प्रकाश' र 'राधा' लाई पछि पार्दै 'ऐना झ्यालको पुतली' सिफारिस भएको हो ।  

प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनावटसमेतलाई मध्यनजर गरी अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति 'ऐना झ्यालको पुतली' लाई छनोट गरिएको जनाइएको छ ।

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको यो चलचित्र अहिले दोस्रो हप्तामा प्रदर्शनरत छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया