विश्वका १२ सय हलमा एकसाथ प्रदर्शनमा आयाे चलचित्र प्रेमगीत-३

 असोज ७, २०७९ शुक्रबार १३:२८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ प्रदर्शनमा आएकाे छ। याे चलचित्र नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएकाे हाे। तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।

नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा याे चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ र सुनिला थापाको मुख्य भूमिका रहेको छ । 

चलचित्रको हिन्दी संस्करणलाई लिएर विवादसमेत भएको थियो । जसका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेमगीत-३ को हिन्दी संस्करणलाई पनि नेपाली चलचित्रकै मान्यता दिनु परेको थियो । 

यस्तै जेम्स क्यामरुनकाे निर्देशनमा रहेकाे हलिउड चलचित्र ‘अवतार’ पनि प्रदर्शनमा आएकाे छ । याे चलचित्रले नेपालमा थ्रीडी प्रविधिको सुरुवात गरेको थियो । अवतारको दोस्रो शृङ्खला ‘अवतार : द वे अफ वाटर’ आउँदाे पुस १ गते विश्वभर रिलिज हुँदैछ । यसैको पहिलो भाग एक हप्ताका लागि नेपालमा पनि प्रदर्शन गरिएको हो । चलचित्रले नयाँ पुस्तालाई ‘रिकल’ गर्ने जनाइएको छ ।

अहिले नेपाली चलचित्र ऐना झ्यालको पुतली, झिङ्गेदाउ र बलिउड चलचित्र ब्रह्मास्त्र पनि प्रदर्शन भइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया