उम्मेदवारी दर्तापछि रवि लामिछानेकाे प्रतिक्रिया : ‘छिट्टै चितवनमै घर बनाएर बस्छु’

 असोज २३, २०७९ आइतबार १९:१५:३५ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल फाेटाे

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले चितवनमै घर बनाएर स्थायी बासिन्दा हुने बताउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  

सभापति लामिछानेले आफू जीवनभर चितवनकै मान्छे हुने र चितवनमै घर बनाउने बताउनुभयो । चितवनवासीले आफूलाई विगतमा लगाएको गुन तिर्ने उहाँले प्रतिक्रिया दिनुभयो ।  

यसैबीच लामिछानेले चितवनमा पहिले आँसु बोकेर आएको र अहिले सपना बोकेर आएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर रातारात भरतपुर चितवन पु¥याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएँ । अर्को समय आज जहाँ म आफ्नै इच्छा र चाहनाले आँखाभरि सपना र समाज परिवर्तनको योजना बोकेर चितवन आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर । मङ्सिर ४ का लागि चितवन २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिह्न घण्टी ।’

चितवन २ मा नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया