आजदेखि हलमा 'महापुरुष'

 कात्तिक ११, २०७९ शुक्रबार १०:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि नेपाली कथानक चलचित्र महापुरुष प्रदर्शनमा आएको छ । 

फ्राइडे रिलिज अन्तर्गत एकल अभिभावकको एक्लोपनको कथा समेटिएको महापुरुष देशभर रिलिज भएको हो । 

फिल्ममा 'मह' जोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोलालगायतको अभिनय रहेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश आचार्य र गौरी मल्लको मुख्य भूमिका रहेको छ । 

षट्कोण आर्ट्स प्रालिको ब्यानरमा बनेको यो फिल्म दिपेश खत्रीले निर्माण गरेका हुन्  । षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको थियो।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया