विश्वकपको कारण कतारमा दूतावास खुल्ने समय परिवर्तन

 कात्तिक २९, २०७९ मंगलबार १३:२०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिफा विश्वकपका लागि कतारमा रहेको नेपाली दूतावास खुल्ने समय परिवर्तन भएको छ ।

कतार सरकारको निर्णय अनुसार नै दूतावास खुला रहने समय परिवर्तन गरिएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कात्तिक २७ गतेदेखि नै कतारको स्थानीय समय अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्न थालेको छ । आउँदो पुस ४ गतेसम्म यही समयमा दूतावास खुल्ने छ ।

अत्यावश्यक तथा जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासमा दिउँसो २ बजेसम्म फोन गर्न सकिने छ । अत्यावश्यक सेवा लिनका लागि दूतावासमा ४४६७५६८१ तथा ४४६७५६८३ नम्बरमा फोन गर्न सकिन्छ । आउँदो पुस ५ गतेदेखि भने पुरानै समय अनुसार दूतावास खुल्न थाल्ने छ । 

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया