भाेजपुरमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै बम विस्फाेट, १ जना घाइते

 कात्तिक ३०, २०७९ बुधबार १५:२२:३१ | बुद्ध तामाङ
unn.prixa.net

भाेजपुर – भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै आज बुधवार बम विस्फाेट भएकाे हाे । 

विष्फोटमा परि भाेजपुरकाे अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएकाे प्रहरीले जनाएकाे छ । उहाँकाे खुट्टामा चाेट लागेकाे र बम उहाँले नै बाेकेकाे शङ्का गरिएकाे छ । उहाँ विप्लव कार्यकर्ता भन्ने बुझिएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । घाइते श्रेष्ठकाे स्थानीय किल्निकमा उपचार भइरहेकाे छ ।

यस चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम छ । भाेजपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शरतबहादुर थापाले बम विस्फोटपछि त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया