भोजपुरमा बम विस्फोट घटनाको जिम्मा विप्लव नेतृत्वकाे नेकपाले लियाे

 कात्तिक ३०, २०७९ बुधबार १७:५:४७ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभामा भएकाे बम विस्फाेटकाे जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले लिएकाे छ । 

भाेजपुरकाे पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै आज बुधवार बम विस्फाेट भएकाे थियाे । विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका हुन् । चुनाव वहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनले बताए ।

बम विस्फोटमा अरूण गाउँपालिका ४ चरम्बीका सुमन श्रेष्ठ घाइते हुनुभएकाे छ । श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

श्रेष्ठको बायाँ खुट्टामा सामान्य चोट लागेको र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङले नियन्त्रणमा लिएको छ । 

यस चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्बाेधन गरेर फर्किनुभएकाे छ । विस्फोटको बेला प्रचण्ड कार्यक्रमस्थल पुगिसक्नुभएकाे थिएन । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया