लोकतन्त्र र विधिको शासनका लागि अहिलेको गठबन्धन दश/पन्ध्र वर्षसम्म रहन्छ : देउवा

 मंसिर १, २०७९ बिहिबार १७:३७:५१ | चन्द्र थापा
unn.prixa.net

अछाम – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन  दश/पन्ध्र वर्ष नै कायम रहने बताउनु भएको छ । संविधान, लोकतन्त्र, विधिको शासन र राष्ट्रिय स्वाधीनताका लागि गठबन्धन कायम रहने प्रधानमन्त्री देउवाले बताउनुभयाे ।

आज अछामको सदरमुकाम मंगलसेनमा भएको सत्तारुढ गठबन्धन दलको चुनावी कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनु भएको हो । अछामको चौरपाटी र मंगलसेनमा गरी दुई कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री तथा कांग्रस सभापति देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक संसद विघटन गरी संविधान उल्लंघन गर्नुभएकोले यो गठबन्धन बनाउनु परेको बताउनु भयो ।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू निरन्तर लागिरहेको भन्दै अब पश्चिम सेतीको निर्माण कार्य पूरा हुने पनि बताउनु भयो । पश्चिम सेती, महाकाली पञ्चेश्वर, कैलाशखोला लगायतका जलविद्युत् आयोजना पूरा गरी भारतलाई बिजुली बेचेर आर्थिक सम्बृद्धि गर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका रामप्रसाद तिमिल्सैना, अछाम जिल्लाका गठबन्धनका उम्मेदवार पुष्पबहादुर शाह, अक्कल रावल, मानबहादुर रावल लगायतले आफ्ना प्रतिबद्धता राख्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया