हेटौँडामा चुनाव बिथोल्न खोज्ने सात जना पक्राउ

 मंसिर ४, २०७९ आइतबार ११:१०:४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर –  हेटौँडामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान  हेटौँडा–१० बसपार्कमा रहेकाे नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे ।

पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बाग्मती गाउँपालिका–४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा–१० बस्ने  अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बाग्मती गाउँपालिका–८ बस्ने  अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा–८ बस्ने  वसन्त लामा रहेका छन् ।

उनीहरुलाई प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया