विश्व कप फुटबलमा बेल्जियमको विजयी सुरुवात : स्पेनले कोस्टारिकालाई ७–० गोलको फराकिलो अन्तरले हरायो

 मंसिर ८, २०७९ बिहिबार ६:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा बेल्जियमले विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि मैदानमा आज बिहान भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हराउँदै सुखद सुरुआत गरेको हो ।

बेल्जियमका मिसी बात्सुयीले खेलको ४४औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । त्यसअघि क्यानडाले खेलको ११ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेन । जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

फिफा विश्व कप फुटबलमा स्पेनले कोस्टारिकालाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ ।

गएराति भएको खेलमा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । त्यस्तै डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाले एक/एक गोल गरे । जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमा ३ अंक जोडेको छ ।

विश्व कप फुटबलमा एसियाको पावर हाउस मानिएको जापानले उपाधि दाबेदार जर्मनीलाई हराएको छ । खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा हिजो भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोलले हरायो । खेलमा १ गोललेपछि परेको अवस्थामा जापानले पुनरागमन गर्दै २–१ को जित निकालेको हो । यो जितसँगै समूह ‘ई’ मा रहेको जापानले ३ अङ्क जोडेको छ ।

फिफा विश्व कप फुटबल अन्तर्गत हिजो भएको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् । कतारको अल वायत रङ्गशालामा भएको खेलमा साविक उपविजेता क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै समूह ‘एफ’ मा रहेका दुवै टोलीले एक र एक अङ्क बाँडेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया