बारा ३ मा एमालेको ‘क्लीन स्वीप’

 मंसिर ९, २०७९ शुक्रबार १९:३१:० | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा र प्रदेश सभामा नेकपा एमालेले जित हात पारेसँगै एमालेले ‘क्लीन स्वीप’ गरेको हो ।

प्रतिनिधि सभा सदस्यमा एमालेकी ज्वाला कुमारी साह निर्वाचित हुनुभयो भने प्रदेश सभातर्फ क्षेत्र (क) मा एमालेका रवीन्द्र दास श्रेष्ठ र (ख) मा महम्मद समीर अंसारी विजयी हुनुभएको हो । बाराका तीन वटा निर्वाचन क्षेत्रको मत परिणाम घोषणा भएकोमा दुई वटामा एमाले र एउटामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको छ ।

एउटा क्षेत्रको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ । आठ प्रदेश सभाको क्षेत्र मध्ये एमाले चार वटामा विजयी भएको छ भने जसपाले तीन वटा क्षेत्रमा जित हात पारेको छ । 

लोसपाले भने एउटा क्षेत्रमा जित हात पारेको छ । नेपाली कांग्रेसले गठबन्धन गरेर चार वटा क्षेत्रमा कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिए पनि एक ठाउँमा पनि जीत हात पार्न सकेन । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया