पुस्तक बिक्रीबाट प्राप्त ५ लाख रुपैयाँ रोयल्टी अपाङ्ग केन्द्रलाई

 मंसिर १७, २०७९ शनिबार १६:३१:२९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले आफ्नो आत्मकथा पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा लगाउनुभएको छ ।

उहाँले पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकम ५ लाख रुपैयाँ आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्नु भएको हो । ३१ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार उहाँले ‘कुलचन्द्र गौतम : आत्मकथा’ भन्ने पुस्तक बिक्री गरेको पाँच लाख रुपैयाँ संस्थालाई हस्तान्तरण गर्नु भएको छ । 

गौतमका भाइ रामचन्द्र गौतमले रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीमार्फत आशा अपाङ्ग केन्द्रलाई रकम प्रदान गर्नु भएको हो । पुस्तकमा उहाँका भोगाइ र संघर्षका रोचक विषय समेटिएका छन् । ४ सय ७२ पृष्ठ लामो पुस्तकको मूल्य नेपाली बजारका लागि ७ सय ५० रुपैयाँ कायम गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया