विश्वकप फुटबलको क्वाटरफाइनलमा आज ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्डस् खेल्दै

 मंसिर २३, २०७९ शुक्रबार ६:५७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् ।

क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ ।

ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । ब्राजिल पाँच पटकको विश्वकप विजेता टोली हो भने क्रोएसिया सन् २०१८ को उपविजेता हो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन् । अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराएको थियो । नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । क्वाटरफाइनलमा भोली मोरक्को र पोर्चुगल तथा अन्तिम खेलमा फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।

विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया