फ्रान्स विश्व कप फुटबलको फाइनलमा : मोरक्को २–० गोलले पराजित

 मंसिर २९, २०७९ बिहिबार ६:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे ।

फ्रान्सका हर्नान्डेजले खेलको ५औँ मिनेटमा र मुआनीले ७९औँ मिनेटमा गोल गरे । अब फ्रान्सले उपाधिका लागि आइतवार हुने फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगिसकेको छ ।

फ्रान्सले यसअघि सन् २०१८ मा रुसमा भएको विश्व कपको उपाधि जितेको थियो । साथै फ्रान्स सन् १९९८ को विश्व कप विजेता टोली पनि हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया