हेटौँडाबाट विप्लव नेतृत्वकाे नेकपाका ७ जना नेता कार्यकर्ता पक्राउ

 पुस ५, २०७९ मंगलबार १९:४०:१८ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सात जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न ल्याएकाे अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौँडा बसपार्कमा पूर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सूर्य सिंहसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी पश्चिम बाग्मती संयोजक विवक घलान, अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष सूर्य सिंह, केन्द्रीय पार्टी सदस्य राम घलान, अखिल क्रान्तिकारी जिल्ला सदस्यहरू सुरज घलान, अमन लामा, रवि रुम्बा र भूषण लामा रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयाे । 

नेकपाले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको कार्यतालिका अनुसार आज (मङ्गलवार) १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम थियो ।

सरकारले ल्याएको विवादित अध्यादेश अहिले शीतल निवासमा पुगेर रोकिएको छ । अध्यादेश जारी भएपछि विप्लवसहित सीके राउत, रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्न बाटो खुल्ने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया