बारामा गाेली हानेर भारतीय नागरिककाे हत्या

 पुस ८, २०७९ शुक्रबार १९:२३:३३ | जयनारायण यादव
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बारा – बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर २ मा आज शुक्रवार बेलुकी गोली लागेर घाइते भएका ४५ वर्षका शिवपुजन यादवको उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

अघि बेलुकी एक होटलबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले यादवमाथि गोली चलाएका प्रहरी उपरीक्षक बाेगटीले बताउनुभयो । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेको र लुकेर आफन्तको घरमा बस्दै आएका खुलेको प्रहरीकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया