गुल्मीको छत्रकोटमा महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने घोषणा

 पुस १९, २०७९ मंगलबार १९:२६:३८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराइने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार रुपैयाँका दरले निवृत्तिभरण उपब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयाे । 

सङ्घीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेहरूलाई एकमुस्ट २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा पालिकाले त्यस रकममा ३० हजार थप गरी एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । पाँच वर्षभन्दा बढी सेवा अवधि पुगेर बीचैमा अवकाश लिनेहरूको हकमा भने पालिकाले एकमुस्ट दश हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । 

महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराउने विषयमा पालिकाले बजेटको सुनिश्चितता गरिसकेको छ । यस विषयमा कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि कानुन बनाएर यही आर्थिक वर्षको दोस्राे चौमासिकदेखि यस निर्णलाई कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयाे । जनप्रतिनिधिले बोलेका कुरालाई कानुन बनाएर चाँडै कार्यान्वयन गरिने उहाँ बताउनुहुन्छ ।  

छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले पालिकाको यस निर्णय स्वास्थ्य स्वयंसेविकाका लागि महत्त्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो । यो निर्णयले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका लागि प्रेरणा र हौसला प्रदान गर्नुका साथै स्वाथ्यकर्मीलाई पनि थप उत्साहित बनाएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया