धार्मिक क्षेत्र रिडीमा भोलिदेखि हुने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

 पुस ३०, २०७९ शनिबार १५:३२:४३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रिडीमा भोलिदेखि हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । मेलाको सबै तयारी पूरा भएको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिनुभयाे । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रको काली गण्डकी नदीमा माघे संक्रान्तिको दिन स्नान गर्न आउने श्रद्धालुहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ  । 

विगत तीन वर्षदेखि कोभिडका कारण सुनसान जस्तै बनेको रिडीमा यस पटक माघे सङ्क्रान्ति मेलासँगै चहलपहल समेत बढेको छ । माघे संक्रान्तिको अवसरमा रिडीमा रहेकाे काली गण्डकी नदीमा स्नान र पूजाआजाका लागि टाढाटाढाबाट श्रद्धालुहरु यहाँ आइपुगेका छन् । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा रहेकाे काली गण्डकी नदीमा स्नान गर्न र ऋषिकेष भगवानको दर्शन गर्नका लागि छिमेकी जिल्लाहरु भारतबाट समेत श्रद्धालुहरु रिडी क्षेत्रधाममा आउने गर्दछन् ।

माघे संक्रान्तिको दिनमा श्रद्धालुहरु काली गण्डकी नदीमा स्नान गरि नजिकै रहेको ऋषिकेष मन्दिरमा गई पूजा-आराधना गरेपछि आफूले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहि आएको छ । विशेषगरि माघे संक्रान्तिको दिनमा काली गण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषि ऋण समेत तिरिने धार्मिक विश्वास रहेको छ । 

रुरुक्षेत्र गाउँपालिकाको संरक्षकत्वमा स्थानीय रुरु फ्रेण्ड्स क्लबको आयोजनामा रिडीमा पाँच दिनसम्म मेला लाग्ने गर्दछ । रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा कृषि मेला प्रर्दशनी समेत गरिने भएको छ । प्रर्दशनीमा घरेलु उत्पादित सामग्री लगायत कृषि उपज वस्तुहरु राखिने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयाे । 

रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक साथै पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै प्रख्यात छ । यस्तै याे मेला व्यापारकाे दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी– पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तिको अवशरमा रिडीमा व्यापार गर्नका लागि वाग्लुङ्ग, रुकुम, रोल्पा लगायतका ठाउँवाट पैदल यात्रा गरि मानिसहरु आजै रिडी आइपुगेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया