ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको ज्यान गयाे, एक घाइते

 माघ १८, २०७९ बुधबार १२:३८:१७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका –१४ छिवाङ ज्युलाकाे बगरमा हिजाे राति ट्याक्टर दुर्घटनामा परेर एक जनाकाे ज्यान गएकाे छ । मुसीकाेट-४ साेलावाङबाट  सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह चालकको ज्यान गएको हो भने चालक घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा घाइते बिकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो । 

दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते हुनुभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको स्वास्थ्य अवस्था गम्भीर छ । उहाँलाई थप उपचारको लागी नेपालगञ्ज पठाइएको छ ।  

ट्रलिबिनाको खाली ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया