रेसुङ्गा नगरपालिकाद्वारा आमाबाबुविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण

 माघ २८, २०७९ शनिबार १८:३९:८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले आमाबाबुविहीन बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ ।

नगरपालिकाले नगरभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत् २८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्तरगत आयोजना गरिएको कार्यक्रममा पालिका भित्र रहेका १४ वडाका सामुदायिक विद्यालयमा अध्ययनरत आमाबाबुविहीन बालबालिकालाई विद्यालयको पोशाक, झोला र जुत्ता  वितरण गरिएको थियो ।

बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा नगरपालिका आमाबाबुविहीन बालबालिकाहरुको पनि अभिभावक भएको बताउनु भयो ।

उहाँले त्यस्ता स–साना बालबालिकाहरुलाई एक्लो महसुस हुने वातावरण सिर्जना हुन नदिनका लागि रेसुङ्गा नगरपालिकाले निःशुल्क शिक्षाको अधिकारको लागि बालबालिकासँग नगरपालिका जोडिएको बताउनु भयो । 

कार्यक्रममा नगरपालिकाको उप–प्रमुख अमृतादेवी कुँवरले आगामी दिनमा नगरपालिकाले शैक्षिक क्षेत्रमा यस्ता प्रकारका बालबालिकाहरुलाई प्रभावकारी हुने खालका कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको थियो । 

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक लिलाधर आचार्यले स्थानीय सरकारले शैक्षिक क्षेत्रमा प्रभावकारी ढंगले काम गरिरहेको बताउनु भयो ।

शैक्षिक सामग्री वितरणका लागि वडा, वडाबाट सम्बन्धित विद्यालयका शिक्षक शिक्षिकाहरुले आमाबाबुविहीन बालबालिकालाई नगरपालिकासम्म ल्याउन सहयोग गर्नु भएको थियो ।

नगरपालिकाले वितरण गरेको सामग्री पाएपछि बालबालिकाहरु पनि निकै खुसी र उत्साही बनेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, शिक्षा शाखा प्रमुख एवम् विभिन्न विद्यालयका शिक्षक–शिक्षिका लगायतको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया