आरा मेशिनमा परेर सञ्चालकको ज्यान गयाे

 फागुन १७, २०७९ बुधबार ९:३३:४१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा आफैले सञ्चालन गरेको आरा मेशिनमा परेर एक जनाको ज्यान गएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका – १२ क्युबाङका कर्मधन पुनको मंगलबार राति ज्यान गएको हो ।

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीका अनुसार मंगलबार राति करिब ८ बजेतिर आरा मेशिनमा परेर घाइते हुनुभएका पुनलाई उपचारका लागि रुकुम पूर्व अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

आरा मेशिन दुर्घटनाको खबर लगत्तै आफूसहित गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा घटनास्थल पुगेको र गाउँपालिकाकै गाडीमा रुकुमकोटमा रहेकाे अस्पतालतिर लैजाने क्रममा उहाँको ज्यान गएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया