पर्वतमा बालिका अपहरणका आरोपितलाई ३ वर्ष ९ महिना कैद सजाय

 चैत १, २०७९ बुधबार ९:२८:३४ | सन्तोष थापा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पर्वत – पाँच वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई जिल्ला अदालतले ३ वर्ष ९ महिना कैद सजायको फैसला गरेको छ ।

गएकाे जेठ ३१ गतेका दिन बालिकालाई अपहरण गरेको आरोपमा मुद्दा सुनुवाईसँगै जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए बस्नेत । उनलाई पर्वत जिल्ला अदालतको फागुन ३० गतेको फैसलाले ३ वर्ष कैद सजायसँगै बालबालिका विरुद्धको कसुर अन्तर्गत ६ महिना र एकीकृत कसुर अन्तर्गत ३ महिनाको कैद सजायको फैसला सुनाएको हो । यस्तै अदालतले अपहरण सम्बन्धी कुसर अन्तर्गत ३० हजार र बालबालिका कसुर अन्तर्गत ३० हजार गरी ६० हजार रुपैयाँ जरिबानासहित २ हजार ४ सय रुपैयाँ पीडित राहतकोषमा रहने पनि फैसला सुनाएको पर्वत जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो । 

बालिका अपहरण गरेको भन्दै पीडित बालिकाकी आमा ३४ वर्षीया राधा पौडेल ढुंगानाले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा असार १ गते मुद्धा दर्ता गरी कार्बाही प्रक्रिया अघि बढाएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया