राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पाैडेललाई केपी ओली युवा प्रतिभा पुरस्कार

 चैत २७, २०७९ सोमबार १९:१३:१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएकाे छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टाेलीलाई विश्व कप छनाेटमा पुर्‍याउन भूमिका खेलेकाे भन्दै कप्तान पाैडेललाई याे पुरस्कारबाट सम्मान गरिएकाे हाे ।  

नेपालगञ्जमा आज साेमवारदेखि सुरु भएकाे युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँकाे चेकसहित ट्रफी प्रदान गर्नुभयाे । 

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभयाे । एमालेले तीन वर्षकाे अवधिमा विकास र समृद्धिका लागि नमुनायाेग्य काम गरेकाे दाबी गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको आराेप लगाउनुभयाे । 

याे महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । महाधिवेशनमा झन्डै दुई हजार जना प्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकिल्पक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री दलबहादुर सुनारलगायत एमालेमा प्रवेश गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया