शिक्षक सरुवाको विराेधमा घोराहीमा प्रदर्शन र सभा

 बैशाख १५, २०८० शुक्रबार १९:३:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाले ऐन–नियम विपरीत आस्थाका आधारमा फरक विचार राख्ने शिक्षकहरूको अन्यायपूर्ण सरुवा गरिएको भन्दै शिक्षकहरूले आज शुक्रवार घोराहीमा विरोध प्रदर्शन गरेका छन् । ब्यानर र हात–हातमा विभिन्न अधिकारमुखी नारा लेखिएका प्ले कार्ड बोकेर शिक्षकहरूले घोराहीमा जुलुस निकालेका थिए ।

गएकाे चैत ८ गते घोराही उपमहानगरपालिकाले एक सय एक जना शिक्षकको सरुवा गरेको थियो । त्याे सरुवा शिक्षक महासङ्घको सहमति विपरीत गरिएको भन्दै गएकाे चैत १४ गतेदेखि शिक्षकहरूले विभिन्न प्रकारका आन्दोलनका कार्यक्रमहरू गर्दै आएका नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनुभयो । 

नेपाल शिक्षक सङ्घको कार्यालयबाट सुरु भएको विरोध र्‍याली शहीदगेट, घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा समन्वय इकाइको कार्यालय हुँदै तुलसीपुर चोकमा आएर सकिएको थियो ।

नेपाल शिक्षक महासङ्घ घोराही नगर समितिको आयोजनामा भएको विरोध र्‍यालीपछि आयोजना गरिएको कार्यक्रमलाई सम्बाेधन गर्ने वक्ताहरूले  ऐन–नियम विपरीत नेपाल शिक्षक महासङ्घ र पेसागत सङ्घ–सङ्गठनको सहकार्यविना आस्थाका आधारमा आतङ्क मच्चाउने गरी गरिएको शिक्षक सरुवा खारेज गर्न माग गरेका थिए । 

आफूहरूकाे शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरे शिक्षकहरू कक्षाकोठा बन्द गरेर सडकमा आउन बाध्य हुने भन्दै अन्यायपूर्णरूपमा गरिएको सरुवा खारेज गर्न उनीहरूले माग गरेका थिए । साथै उनीहरूले नमुना विद्यालयका नाममा उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समितिमा सम्बन्धित वडाको अध्यक्षलाई नराख्ने र तीन जना कार्यपालिका सदस्यलाई सदस्यमा राख्ने कार्यविधि बनाएर वर्तमान नेतृत्व विद्यालय कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाएका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया