गुल्मीकाे रेसुङ्गा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु

 बैशाख २९, २०८० शुक्रबार ११:५७:४४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको रेसुङ्गा विमानस्थलबाट आज शुक्रवारदेखि व्यावसायिक उडान सुरु भएको छ । नेपाल वायुसेवा निगमको डीएचसी–६ ट्वीनअटर जहाजले आज बिहानदेखि व्यावसायिक उडान सुरु गरेको हो । 

आज बिहान साढे ६ बजे काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेकाे निगमको डीएचसी–६ ट्वीनअटर जहाज बिहान साढे सात बजे रेसुङ्गा विमानस्थलमा सफल अवतरण भएकाे हाे । 

नियमित उडान भरेर पहिलो पटक रेसुङ्गा विमानस्थल आइपुगेका यात्रुहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वागत गर्नु भएको थियो । अहिले प्रति यात्रु छ हजार पाँच सय रुपैयाँ भाडा दर तय गरिएकाे छ । 

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आजदेखि सुरु भएको नियमित उडानपछि जहाज चढ्ने वर्षौँदेखिको गुल्मेलीको सपना पूरा भएको बताउनु भएको छ । उहाँले यात्रुहरुको सङ्ख्याको आधारमा उडानलाई हप्तामा दुई पटकसम्म सञ्चालन गरिने जानकारी दिनुभयाे । 

रेसुङ्गा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएकाे थियो । विमानस्थल निर्माणकाे काम १७ वर्षमा सम्पन्न भएकाे हाे  । कुल ३५ करोड रुपैयाँ लागतमा सम्पन्न भएको याे विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उडान सुरु भएपछि गुल्मीका नागरिक खुसी भएका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • madhu panthi

    May 12, 2023, 12:47 p.m.

    आज को मिति देखि न्युज र अखबार मा मात्र उडान नहोस/ रेगुलर फ्लाईट होस सफल र सुरछित होस मेरो शुभकामना 🌹धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया