गोरखामा जीप दुर्घटना : एक जनाको ज्यान गयो, पाँच जना घाइते

 जेठ १, २०८० सोमबार १०:४८:४० | किरण लोहनी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गोरखा - गोरखामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ५ जना  घाइते भएका छन् ।

काठमाण्डौबाट गोरखाका लागि छुटेको बा ०१–०२५ च ६२०४ नम्बरको जीप गण्डकी गाउँपालिका ६, घौचुरको कच्ची सडकमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा जीपमा रहेकी त्यही ठाउँकी ७८ वर्षकी किरमाया आलेको ज्यान गएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा गण्डकी गाउँपालिका ६ कै ७७ वर्षकी कनमाया आले, ७८ वर्षका धनबहादुर आले, ८१ वर्षका तीर्थबहादुर आले, ७२ वर्षका पूर्णबहादुर थापा र ६५ वर्षकी गंगामाया थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डीएसपी लिलाराज लामिछानेले बताउनुभयो । घाइतेहरुको चितवन भरतपुरमा रहेको मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीपका चालक गण्डकी गाउँपालिका-६ का केहरसिंह थापालाई प्रहरीले पक्राउ गरेको छ । हावाहुरीले सडकमा ढालेको रुखलाई छल्ने क्रममा दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदनाथ भण्डारीले बताउनुभयो । काठमाण्डौमा पेन्सनपट्टा सम्बन्धी काम सकेर घर फर्कँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया