प्लानिङ ब्वाइजले जित्याे भीमनारायण गाेल्ड कपकाे उपाधि

 जेठ ३, २०८० बुधबार १७:१२:५६ | सन्तोष थापा
unn.prixa.net

धनकुटा – १५ औँ संस्करणको शहीद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाण्डाैले जितेको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा आज बुधवार भएकाे फाइनलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइजले उपाधि जितेकाे हाे । प्लानिङ ब्वाइजका लागि विदेशी खेलाडी याे निपाेलियनले २ तथा समिर थापा र विशाल दर्जीले १/१ गाेल गरे ।

उपाधिसँगै प्लानिङ ब्वाइजले पाँच लाख रुपैयाँ पाएकाे छ । यस्तै उपविजेता बनेकाे वीरगञ्ज युनाइटेडले दुई लाख ५० हजार रुपैयाँ पायाे । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अभिनास थापा मगर घोषित भए । उनले चार हजार रुपैयाँ पाए ।

त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले सात/सात हजार रुपैयाँ पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भए । उनले १५ हजार रुपैयाँ पाए । खेलाडीहरूलाई एन्फाका उपाध्यक्ष दावा लामा, पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया