चोरी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

 जेठ ६, २०८० शनिबार १०:२३:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ –  दाङ प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् ।

चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत दाङको २०६० फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो । त्यही मुद्दामा चौधरीलाई पुनरावेदन अदालत तुलसीपुरले २०६२ असार १९ गते ४९ हजार पाँचसय रुपैयाँ जरिबाना तोकेको थियो । 

त्यसैगरी त्यही मुद्दामा उनलाई पुनरावेदन अदालत तुलसीपुरले नै २०६२ कात्तिक ८ गते ७६ हजार पचास रुपैयाँ जरिबाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका चौधरीलाई हिजाे प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया