भ्रष्टाचारी, कमिसनखाेरले आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने अवस्था बनाइनेछ : गृहमन्त्री

 जेठ ७, २०८० आइतबार १५:५३:३२ | किरण लोहनी
unn.prixa.net

फाइल फाेटाे

गाेरखा – गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश भ्रष्टाचारको जालाेमा जेलिएको बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको चर्चा गर्दै उहाँले विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्षरूपमा काम गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताउनुभयो ।

गोरखा सदरमुकाममा आज आइतवार आयोजित प्रेस सेन्टर गण्डकी प्रदेश र गोरखा जिल्ला कमिटीको संयुक्त साधारण सभामा उहाँले भन्नुभयाे, ‘निर्दोषको सामाजिक प्रतिष्ठामा आँच आउनु हुँदैन, निर्दोष फस्नु हुँँदैन तर दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीको गौरवलाई थप उचाइमा पुर्‍याउनुपर्छ । भ्रष्टाचारी, कमिसनखोर, तस्कर, कालोबजारीयाहरूले आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने अवस्था बनाइनेछ ।’

देश सम्भावनायुक्त रहेको भन्दै गृहमन्त्रीले खाडीलगायतका देशमा रहेका लाखौँ युवालाई देश फर्काउन सरकारले पहल गरिरहेको बताउनुभयो । ‘त्यसको वातावरण निर्माण गर्नका लागि बाधक के हो ? देश भ्रष्टाचारको जालोमा छ, त्यो जालो हटाएमात्रै ती युवालाई स्वदेशमा फर्काउन सकिन्छ ।’

गृहमन्त्री श्रेष्ठले संविधानको कार्यान्वयनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग गठनलाई पूर्णता दिने पनि जानकारी दिनुभयो । भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको सामाजिक आर्थिक रूपान्तरण, सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा अपूर्ण हुने उहाँले बताउनुभयो । नागरिककाे जीवनमा गुणात्मक परिवर्तन हुने गरी सरकारले काम गर्न नसकेको पनि श्रेष्ठले बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनका घटनाहरूमा प्रेस जगतले ठूलो योगदान गरेको भन्दै उहाँले सञ्चार क्षेत्रले सामन्तवाद र निरङ्कुशतन्त्रको अन्त्यका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया