गुल्मीको मदानेमा नाै जना असल बुहारी सम्मानित

 जेठ १३, २०८० शनिबार १८:५७:३२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको मदाने गाउँपालिकामा बुहारी सम्मान कार्यक्रम सुरु गरिएको छ । बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा मदाने गाउँपालिका-१ अग्लुङ्गमा असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत  नौ जना बुहारीहरुलाई सम्मान गरिएको हो । 

पछिल्लो समयमा घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको छ । वृद्धवृद्धाले दु:ख भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै पालिकाकाे वडा नम्बर एकमा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताउनु भयो ।

वडा कार्यालयले साविकका नौ वडाहरुबाट प्रतिनिधिमूलक रुपमा एक/एक जना असल बुहारीहरुलाई दाेसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । वडा कार्यालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको निर्मला विष्टले बताउनु भयाे । उहाँले यस्ता कार्यक्रमले टोल छिमेकका अन्य दिदीबहिनीहरुलाई पनि थप हौसला प्रदान गर्ने बताउनु भयाे । 

यस्तै, कार्यक्रममा उत्कृष्ट किसान, समाजसेवी, कर्मचारी, शिक्षक, उत्कृष्ट विद्यार्थी, खेलाडीलगायत विभिन्न समाजिक सङ्घ संस्थाका महत्त्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी दिनु भएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया