पाठशाला शिक्षाबाट कफीकाे बाेटकाे रेखदेख र राेगकाे पहिचान गर्न सक्ने भए मर्भुङ्गका किसान

 जेठ २५, २०८० बिहिबार २०:११:५२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीले जिल्लाको मालिका गाउँपालिका ८ अन्तर्गत मर्भुङ्गमा सञ्चालन गरेको कफी कृषक पाठशालाबाट कफी किसान उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी कृषक पाठशाला सञ्चालन गरिएको थियो । 

पाठशाला शिक्षाबाट कफी किसान आफूले रोपेको कफीका बोटकाे रेखदेख र त्यसको निगरानी गर्दै कफीमा लाग्ने रोगको पहिचान गर्न सक्ने भएका छन् । उनीहरूले भिन्न–भिन्न समूह बनाएर बगैँचामै पुगेर कफीका बोटमा देखिएका समस्याकाे बारेमा आफैँ खोजी गर्न सक्ने भएका छन् । कृषक पाठशालामा उनीहरूले कफीमा लागेका रोग र किराकाे बारेमा एकआपसमा छलफल गर्दै सिकाइ प्रशिक्षणलाई प्रभावकारी बनाएका हुन् ।

१५ हप्ते कृषक पाठशालामा प्रशिक्षण सम्पन्न गरेपछि किसानले कृषक दिवससमेत मनाए । कृषक दिवसमा उनीहरूले पाठशालामा सिकेका कुरालाई बगैँचामा पुगेर सिकाइ अभ्यासमा आफूले गरेका र सिकेका विषयवस्तुको बारेमा जानकारी गराएका थिए ।

स्थानीयस्तरमै सञ्चालन गरिएको कृषक पाठशालाबाट सहभागिले व्यावहारिकरूपमा धेरै ज्ञान सिकेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले बताउनुभयो । उहाँले पाठशालाबाट किसानकाे दक्षता अभिवृद्धि गर्नुका साथै कफी बगैँचामा देखिएका स–साना समस्यालाई आफैँ पहिचान गर्ने बानीको विकास भएको बताउनुभयो ।

गुल्मीमा बाँदर, बँदेल, दुम्सी, मृगलगायत जङ्गली जनावरले खेतबारीमा लगाएका बालीनाली नष्ट गरी हैरानी दिन थालेपछि यस क्षेत्रका किसानले वैकल्पिकरूपमा कफी खेती गर्न सुरु गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया