गाेरखाकाे जिल्ला प्रशासन कार्यालयबाट अब दैनिक १२ घण्टा राहदानी सेवा

 जेठ २८, २०८० आइतबार २०:१७:३ | किरण लोहनी
unn.prixa.net

गाेरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले दैनिक १२ घण्टा राहदानी सेवा उपलब्ध गराउन थालेको छ । सेवाग्राहीको चाप बढेपछि आज आइतवारदेखि हरेक दिन बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म राहदानी सेवा उपलब्ध गराउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिनुभयाे । 

यसअघि कार्यालय समयअनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै राहदानी सेवा सञ्चालन हुँदै आएको थियो । अब भने कर्मचारी व्यवस्थापन गरेर पहिलो चरणमा बिहान ६ बजेदेखि १२ बजेसम्म र त्यसपछिको समूहले बेलुकी ६ बजेसम्म सेवा उपलब्ध गराउने सहायक प्रजिअ रानाले बताउनुभयाे ।

सेवाग्राहीको अत्यधिक चाप बढ्दै गएको तर राहदानी विभागबाट बायोमेट्रिक विवरण सङ्कलनका लागि थप स्टेशन उपलब्ध हुन नसकेपछि अन्य कार्यालयबाट समेत कर्मचारी व्यवस्थापन गरी दुई 'शिफ्ट' मा सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताउनुभयो ।यस्तै विद्युतीय राहदानीको अनलाइन फारम भरिदिनेहरूले नक्कली विवरण भरेर फारम बुक गर्ने र पछि सेवाग्राहीसँग चर्को शुल्क लिएर फारम उपलब्ध गराउने परिपाटीको पनि अन्त्य गरिएको उहाँले जानकारी दिनुभयो । 

कतिपय फोटो स्टुडियो, कम्प्युटर इन्स्टिच्युट, स्टेशनरी र फारम भर्ने व्यक्ति तथा संस्थाहरूले एकै व्यक्ति वा फरक–फरक व्यक्तिको नाममा नक्कली अभिलेख राखेर आवेदन फारम बुक गर्दा सेवाग्राहीले लामो समयसम्म फारम भर्ने मौका नपाएको गुनासो गरेका थिए । नक्कली सेवाग्राही खडा गरी बुक गरिएका फाराम संशोधन नहुने व्यवस्था कार्यान्वयमा आएपछि यस प्रकारको ठगी रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रशासनले राहदानीका लागि मिति र समय लिएका सेवाग्राहीलाई तोकिएकै समयमा सेवा लिन पनि आग्रह गरेको छ । कार्यालयले हप्ताकाे प्रत्येक शुक्रवार दिउँसो २ बजेदेखि निश्चित सङ्ख्यामा फारम खोल्ने व्यवस्था गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया