झण्डै ४७ वर्षपछि मलखादको मात्रा पुनरावलोकन : धान, मकै र गहुँको लागि ठाउँ विशेष मात्रा सिफारिस

 जेठ ३०, २०८० मंगलबार ८:४५:२७ | मदन पौड्याल
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालका मुख्य बाली धान, मकै र गहुँको लागि ठाउँ विशेष मलखादको मात्रा सिफारिस गरिएको छ । नेपालमा पहिलो पटक सन् १९७६ मा कृषि विभाग अन्तर्गतकाे माटो विज्ञान महाशाखाले विभिन्न बालीका लागि मलखादको मात्रा सिफारिस गरेको थियो । अहिले झण्डै ४७ वर्षपछि मलको मात्रा पुनरावलोकन गरी धान, मकै र गहुँबालीमा ठाउँ विशेष मलखादको मात्रा सिफारिस गरिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग र नेपाल बिउ तथा मल परियोजनाको संयुक्त प्रयासमा धान, मकै र गहुँबालीका लागि ठाउँ विशेष मलखाद सिफारिस गरेको हो ।

यसअघिको सिफारिस तराई, पहाड र हिमाली क्षेत्रका लागि केन्द्रित थियो । तर अहिले विभिन्न ६ वटा भौगोलिक क्षेत्र तय गरी मलखादको मात्रा सिफारिस गरिएको माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा.श्रीप्रसाद विष्टले जानकारी दिनुभयो ।

मुख्य बाली धानका लागि सिफारिस मलखादको मात्रा

सिफारिस मात्रा अनुसार मुख्यबाली धानका लागि पूर्वी तराई (झापा, मोरङ र सुनसरी) र मध्य तराई (पर्सादेखि सप्तरीसम्म) मा नाइट्रोजन १ सय २० किलो प्रतिहेक्टर रहेको छ । ती क्षेत्रमा फोस्फोरस ४० किलो प्रतिहेक्टर तथा पोटास पूर्वी तराईमा ५० किलो प्रतिहेक्टर र मध्य तराईमा ४० किलो प्रतिहेक्टर रहेको छ । ती क्षेत्रमा जिङ्क ३ किलो र बोरोन १ किलो प्रतिहेक्टर सिफारिस गरिएको छ ।

त्यस्तै पश्चिम तराई - रुपन्देही, कपिलवस्तु र परासीमा नाइट्रोजन १ सय ३० किलो प्रतिहेक्टर, फोस्फोरस ४० र पोटास ५० किलो प्रतिहेक्टर सिफारिस भएको छ । ती क्षेत्रमा पनि जिङ्क ३ किलो र बोरोन १ किलो प्रतिहेक्टर नै सिफारिस गरिएको छ ।

भित्री तराई (दाङ, सुर्खेत, चितवन, मकवानपुर, नवलपुर) मा १ सय २५ किलो नाइट्रोजनको मात्रा सिफारिस गरिएकोमा फोस्फोरस र पोटास समान ४०/४० किलो प्रतिहेक्टर रहेको छ । ती क्षेत्रमा जिङ्क २ किलो र बोरोन १ किलो प्रतिहेक्टर सिफारिस गरिएको छ ।

सुदूरपश्चिमको तराई क्षेत्र (बाँकेदेखि कन्चनपुरसम्म) मा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर र फोस्फोरस तथा पोटासको मात्रा ३०/३० किलो प्रतिहेक्टर रहेको छ । ती क्षेत्रमा जिङ्क २ किलो र बोरोन १ किलो प्रतिहेक्टर सिफारिस मात्रा रहेको छ ।

पहाडी क्षेत्रमा नाइट्रोजन सय किलो र फोस्फोरस तथा पोटास समान ३०/३० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ । ती क्षेत्रमा जिङ्क २ किलो र बोरोन १ किलो प्रतिहेक्टर सिफारिस मात्रा रहेको छ । वर्णशंकर जातका लागि सबै क्षेत्रमा नाइट्रोजन प्रतिहेक्टर १ सय ५० किलो, फोस्फोरस ५० र पोटास ६० किलो तथा जिङ्क ३ किलो र बोरोन १ किलो सिफारिस भएको छ ।

स्थानीय स्तरमा माटोको उर्वरता, धान, मकै र गहुँबालीको उत्पादनको आधारमा मलखाद प्रयोग गर्न सिफारिस गरेको प्रमुख डा. विष्टले बताउनुभयो । धानका लागि प्राङ्गारिक मल सबै क्षेत्रमा ६ मेट्रिक टन प्रतिहेक्टर सिफारिस गरिएको छ । धानसहित मकै र गहुँको मलखाद मात्रा पनि ठाउँ विशेष सिफारिस गरिएको छ । 

मकै तथा गहुँबालीको सिफारिस मात्रा यस्तो छ :

मलखाद सिफारिस मात्राबारेमा थप जानकारी लिन नार्कको माटो विज्ञान अनुसन्धान केन्द्र तथा नजिकैको कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न डा. विष्टको आग्रह छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया