गाेरखाकाे ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते

 जेठ ३१, २०८० बुधबार १५:११:५५ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गाेरखा नगरपालिका-८ ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

चितवनकाे नारायणगढबाट गाेरखाकाे आरुघाटका लागि छुटेकाे ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर ढुङ्गागाढेमा दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते भएकामध्ये दुईजनाकाे अवस्था गम्भीर रहेकाे छ। 

गम्भीर घाइते भएका गोरखा नगरपालिका-१४ का २७ वर्षका कमल पन्त र आरुघाट गाउँपालिकाका ५५ वर्षका खड्गबहादुर घलेलाई चितवनको भरतपुर मेडिकल कजेलमा रेफर गरिएको गोरखा अस्पतालले जनाएको छ ।

अन्य घाइतेकाे भने गोरखा अस्पतालमै उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया