गुल्मीकाे रेसुङ्गा नगरपालिकाले रैथाने बालीको संरक्षण गर्ने

 असार १४, २०८० बिहिबार १२:५७:३३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको रेसुङ्गा नगरपालिकाले रैथाने बालीको संरक्षण एवं प्रवर्द्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको वडा नं १३ अन्तर्गत उपल्लो भँगारीमा रहेको रेसुङ्गा होम स्टेलाई रैथाने बाली संरक्षण गर्दै सञ्चालन गर्ने उद्देश्यले नगरपालिकाले यस्ताे कार्यक्रम ल्याएकाे हाे । 

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले रैथाने बालीको संरक्षण गरेर आयातलाई प्रतिस्थापन गर्न सकिने बताउनु भएको छ । उहाँले विगतमा कोदो, फापर, जौ, भटमास जस्ता रैथाने बालीलाई नचिनेर चामल मात्रै खाँदा सुगर, ब्लडप्रेर जस्ता रोग लाग्न थालेकाे बताउनु भयाे । उहाँले परम्परागत खानालाई संरक्षण गर्दै स्वास्थ्य बचाउनका लागि पनि यो कार्यक्रम ल्याइएकाे बताउनु भयाे । 

पर्यटनको विकासबाट यस्ता प्रकारका रैथाने बालीको प्रवर्द्धन गर्न सजिलो हुने पन्थीको भनाइ छ । रेसुङ्गालाई पर्यटकीय गन्तव्यस्थल बनाउन नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानले थप सहयोग पुग्ने उहाँले बताउनुभयो । रैथाने बालीको संरक्षणबाट गुल्मी आउने पर्यटकलाई गुल्मीको पहिचान खाना, भेषभुषा, नाचगान, परम्परागत रहनसहन र विभिन्न जातिका संस्कार जस्ता कुराको विकासमा टेवा पुग्ने बताइएको छ । 

पहाडी क्षेत्रमा रैथाने बालीहरु लोप हुँदै गएको सन्दर्भमा ती बालीहरुको संरक्षण गर्दै व्यावसायिक उत्पादन बढाउने उद्देश्यले नगरपालिकामार्फत् याे कार्यक्रम सञ्चालन गरिएको हो । यो कार्यक्रमले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई माथि उकास्न थप सहयोग पुग्ने आशा लिइएकाे छ । 

पछिल्लो समयमा जिल्लाका अन्य गालिकाहरुले पनि आफ्नो नीति तथा कार्यक्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया