बाराको कलैया प्रहरी कार्यालय अगाडि चाैथाे दिन पनि राजनीतिक दलहरुकाे प्रदर्शन

 साउन ६, २०८० शनिबार १८:४:३१ | जयनारायण यादव
unn.prixa.net

बारा - राजनीतिक दलहरुले आज चौथो दिन पनि बाराको कलैया प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न राजनीतिक दलहरुले बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे  र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन गरेका हुन्।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरुले चार दिनदेखि कलैयामा प्रदर्शन गरिरहेका छन् । 

गाडी दुर्घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल गर्ने क्रममा गएको साउन २ गते नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव ध्रुव यादवलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको दलहरुको आरोप छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया