सर्लाहीमा बाग्मती नदीले बगाउँदा १ जनाकाे ज्यान गयाे

 साउन २३, २०८० मंगलबार १७:४४:२९ | रामबाबु खड्का
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सर्लाही – सर्लाहीमा बाग्मती नदीले बगाउँदा एक जनाको ज्यान गएको छ । रौतहटको गढीमाई नगरपालिका–२ घर भएका ६६ वर्षीय शहीद रायलाई नदीमा आएको बाढीले बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

पुल तर्न लाग्दा रायलाई नदीले बगाएपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । सर्लाही हजरियामा रहेको खेतमा काम गर्न आउँदै रायलाई नदीले बगाएको स्थानीयले बताएका छन् ।

त्यसैगरी लखन्देही नदीमा आएको बाढीले सर्लाही कौडेना गाउँपालिकाको केही वडा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पंजियारले जानकारी दिनुभयो । हिजाे सोमवार रातिदेखि परेको पानीले कच्ची सडक बगाउँदा सिन्धुली र सर्लाहीको चुरे क्षेत्रमा यातायात ठप्प भएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया