डेढ लाख रुपैयाँभन्दा बढी कमाइ हुने काममा पोर्चुगल पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठग्ने पक्राउ

 भदौ १९, २०८० मंगलबार १२:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्युठानको मल्लरानी गाउँपालिका ४ खलङ्गा स्थायी घर भई अहिले काठमाण्डौ सामाखुसी बस्ने नवराज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

नवराजले सन्दीप परियारलाई पोर्चुगलमा राम्रो कम्पनीमा काममा लगाइदिने र त्यसका लागि १५ लाख रुपैयाँ लाग्ने भन्दै पटक पटक गरी तीन लाख रुपैयाँ लिएका थिए । पोर्चुगल पुगेपछि महिलाको डेढ लाख रुपैयाँभन्दा बढी कमाइ हुने नवराजले प्रलोभन देखाएका थिए ।

तर तीन लाख रुपैयाँ रकम लिएपछि नवराज सम्पर्क विहीन भएका थिए । रकम लिएर एजेण्ट फरार भएपछि सन्दीपले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो ।

विभागको पत्राचार अनुसार रकम ठगी गर्ने नवराजलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया