साउन महिनाको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो

 असोज ४, २०८० बिहिबार १२:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भदौ महिनामा केही घटेको छ ।

गएको साउन महिनामा ५५ हजार ५ सय ७५ जना श्रम स्वीकृति लिएर बिदेसिएकोमा भदौ महिनामा झण्डै ५ हजार जनाले घटेका छन् ।

भदौ महिनामा वैदेशिक रोजगारीमा जान ५० हजार ८ सय ८४ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो सङ्ख्या नयाँ र पुन : श्रम स्वीकृति लिनेहरूको हो ।

पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या भने ३५ हजार ३०३ जना रहेको छ । साउनमा यो सङ्ख्या ३९ हजार १५२ जना रहेको थियो ।

श्रम स्वीकृति लिनेमा उच्च सीप भएका ३९ जना रहेका छन् भने व्यावसायिक ८७ जना छ । यस्तै अर्ध दक्ष ४ हजार ९९ जना, सीप युक्त, ३५ हजार ८१० जना र अदक्ष १० हजार ८ सय ४९ जना रहेका छन् । 

वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै धनुषाका रहेका छन् । भदौ महिनामा मात्रै धनुषाका २५ सय ६३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । धनुषापछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या झापाबाट धेरै छ ।

झापाका २३ सय ८७ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै मोरङबाट २१ सय ३ जना, महोत्तरीबाट १९ सय ७८ जना, सिराहाबाट १९ सय ८६ जना, रुपन्देहीबाट १६ सय १४ जना, सर्लाहीबाट १४ सय १५ जना, सप्तरीबाट  १३ सय ७६ जना बिदेसिएका छन् ।

भदौ महिनामा ७७ वटै जिल्लाबाट १०२ देशमा जान श्रमिकहरूले श्रम स्वीकृति लिएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया