काेराेना खाेप विकासमा संलग्न २ जना वैज्ञानिकलाई यस वर्षकाे नाेबेल चिकित्सा पुरस्कार

 असोज १५, २०८० सोमबार १६:३४:२९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्र्यु वाइसम्यानले संयुक्तरूपमा प्राप्त गर्नुभएको छ ।

कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत उहाँहरूलाई नोबेल चिकित्सा पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल पुरस्कार कमिटिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्विडिस एकेडेमीले आज साेमवार एक कार्यक्रमका बीच चिकित्सातर्फको नोबेल पुरस्कार विजेताकाे घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्तरूपमा १० लाख अमेरिकी डलर दिइनेछ ।

सन् २०१९ मा कोरोना शुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अरू रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजर/बायोएनटेक लगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए । कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ ।

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार भोलि अर्थात् अक्टोबर ३, रसायन शास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गर्ने नोबेल कमिटीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया