नेपाली धेरै भएका देशमा तत्काल दूतावास खाेल्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी

 कात्तिक २, २०८० बिहिबार १९:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरूको सङ्ख्या धेरै भएका देशहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

आज बिहीवार मन्त्रालयमा पत्रकारसँग भेटघाट गर्दै मन्त्री भण्डारीले नेपालीहरूको सङ्ख्या धेरै भएका देशहरूमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महसुस भएको बताउनु भयो । उहाँले तत्काल दूतावास खोल्ने अवस्था नभएमा 'ड्राइपोस्टिङ सिस्टम' बाट भए पनि सरकारको उपस्थिति देखाउने निर्णय भएको पनि बताउनुभयो ।

मन्त्री भण्डारीले अहिले रहेका दूतावासहरूको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागिपरेको उल्लेख गर्नुभयाे । उहाँले अप्ठेराे परेको अवस्थामा दूतावाससँग उद्धार गर्ने सामर्थ्य नरहेकाले अहिले त्यसको लागि कोषको व्यवस्था गरिएको पनि जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालीहरू धेरै भएका देशहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था छ । यदि दूतावास खोल्न सक्ने अवस्था नभएका ड्राइपोस्टिङ सिस्टमबाट सरकारकाे उपस्थिति देखाउँछाैँ भन्ने निर्णय गरेका छौँ । ड्राइपोस्टिङमा परराष्ट्र मन्त्रालयको उपसचिव तहका एक जना, श्रम मन्त्रालयका एक जना अधिकृत र तीन जना स्थानीय कर्मचारीकाे सम्पर्क कार्यालयजस्तो हुन्छ । त्यसले श्रम स्वीकृति, श्रमका विभिन्न समस्या, पासपोर्टका समस्याहरूको कुरा त्यहाँ हुन्छ ।’

मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरूको समूह बनाएर काम गरिरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया