सर्लाहीमा दुर्लभ जनावर सालक फेला पर्‍याे

 कात्तिक १०, २०८० शुक्रबार १३:४५:१० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा दुर्लभ जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक बिहीवार राति मूर्तियाको जङ्गलमा  फेला परेको हो । सुरक्षित उद्धार गरेको सालकलाई पर्सा वन्यजन्तु आरक्षण केन्द्रमा पठाउने सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताउनुभयो।

गस्तीमा हिँडेको वनको टोलीले सर्लाहीको मधुवनी नयाँरोड सडक खण्डको धरहर जङ्गल नजिक सडकमा हिँड्दै गरेको अवस्थामा सालक भेटिएको सशस्त्र वन रक्षक मदनबहादुर थिङले जानकारी दिनुभयो । सालकको लम्बाइ ७२ सेन्टिमिटर र तौल ३ दशमलव ५ किलोग्राम रहेको छ।

सर्लाहीको जङ्गलमा अहिलेसम्म दुर्लभ  सालक नभेटिएको उहाँको भनाइ छ। सालक दिनभरि सुत्ने र राति खाना तथा पानीको लागि दुलोबाट बाहिर निस्किएर हिँड्ने गर्छ । सालकको अवैधरुपमा चोरी शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिबाना हुने वन ऐनमा व्यवस्था छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया