श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने दुई जना पक्राउ

 कात्तिक १६, २०८० बिहिबार ११:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गोरखाको बारपाक सुलिकोट ४ घर भई अहिले वनस्थली बस्ने २३ वर्षका अजित फेवाली र रानीवन बस्ने विपिन ढकाललाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूले वैदेशिक रोजगार विभागको कार्यालय नजिकै काठमाण्डौको सोल्टिमोडमा वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने ट्राभल्स चलाइरहेको र त्यही ट्राभल्सबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 गएको १२ गते भिजिट भिसामा विदेश जान विमानस्थल पुगेका सुजल हेङ्गजुको कागजात शङ्कास्पद देखिएपछि उहाँलाई विमानस्थलबाट फर्काइएको थियो । अनुसन्धानको क्रममा सुजलको कागजात नक्कली भएको प्रमाणित भएको हो ।

नक्कली कागजात अजित र विपिनले बनाएको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ परेका विपिन र अजितको ट्राभल्सबाट मोबाइल, कम्प्युटर लगायतका सामानसमेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया