सर्लाहीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

 कात्तिक १७, २०८० शुक्रबार ११:४३:५७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी–१७ रानीगञ्जमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको  छ ।

गएराति कालीञ्जोर पुल नजिक बिग्रिएर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा प्रदेश २–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका  चालक हरिवन नगरपालिका–११ का २८ वर्षीय मुकेश गुप्ता र मोटरसाइकलकाे पछाडि बस्ने हरिवन–११ कै सुनिलकुमार गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया