सर्लाहीमा स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यान गयो

 मंसिर ६, २०८० बुधबार ८:१८:५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जुटपानीमा हिजो मंगलवार स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यान गएको छ ।

लालबन्दी–१ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा त्यसै विद्यालयको एलकेजीमा पढ्ने हरिपुर नगरपालिका–८ घरभइ लालबन्दी नगरपालिका–२ बस्ने वीरेन्द्र पासवानका ६ का वर्षीय छोरा आदित्य पासवानको ज्यान गएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका आदित्यको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले  जानकारी दिनुभयो । चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया