प्रहरीद्वारा सर्लाहीको १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट

 मंसिर २२, २०८० शुक्रबार १८:३३:४९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायणखोलामा प्रहरीले आज शुक्रवार १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। अवैध  रुपमा स्थानीयले लगाएको करिब १५ बिघाको गाँजा फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिनुभयो ।

गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली सहित स्थानीय प्रशासनका अधिकारीहरु नारायणखोला पुगेका थियो । अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत गाँजा फडानी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताउनुभयो । गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाइका साथ लागू गरिने स्थानीय प्रशासनको तयारी छ।

प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गरेको गरेको भए पनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् । सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् ।

त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेका छन्। यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपाल सहित भारतका विभिन्न बजारहरुमा महँगो मूल्यमा बिक्री हुने गरेको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया