बाराकाे सिम्राैनगढमा झडप : प्रहरीकाे गाेली लागेर घाइते भएका एक जनाकाे ज्यान गयाे

 मंसिर २७, २०८० बुधबार १७:३९:२१ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झडपलाई सामान्य बनाउने भन्दै प्रहरीले हवाई फायर गर्दा गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया विनको उपचारका क्रममा नारायणी अस्पतालमा आज बुधवार ज्यान गएको हो ।

झडपका क्रममा प्रहरीसहित अरू केही प्रदर्शनकारी घाइते भएका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताउनुभयो । प्रहरीले ३० राउन्ड अश्रु ग्यास र २० राउन्ड हवाई फायर गरेको थियो । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रको बा २ झ ४३५४ नम्बरको गाडीमा तोडफोडसमेत गरेका छन् ।

नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । नगरपालिकामा नगरसभाका विषयमा भएको जनप्रतिनिधिबीचको विवादले कर्मचारीले तलब–भत्ता पाउन नसकेका हुन् ।

आज बिहान नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकबाट हातपातको प्रयास भएपछि विवाद उग्र बनेको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया